काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ८.५७ प्रतिशतले वृद्धि भएको हो ।
साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८५ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
आज कम्पनीको १८ करोड ४४ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेप्सेका अनुसार कम्पनीको ३८ हजार ८७४ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:२९ मा प्रकाशित