काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द भएको छ ।
प्राविधिक समस्या देखिएकाले सेवा बन्द भएको हो । एक सूचना निकाल्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ ।
उक्त प्रणाली हुनाले मर्मतको लागि बन्द गरिएको भनिएपछि पुनः आवेदन कहिले खुल्ने विषयमा भने उल्लेख गरेको छैन ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९ मा प्रकाशित