back
NMB ad

नबिल बैंकको नाफा १ अर्ब ११ करोड बढी, कस्तो छ वित्तीय अवस्था ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा १ अर्ब बढी नाफा आर्जन गरेको छ ।

सोमबार बैंकले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ७.३९ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म बैंकले १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा ८५ करोड १९ लाख ८९ हजार रुपैयाँ रहेको छ । चालु आवको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४२.४१ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको असोज मसान्तमा १ अर्ब ५७ करोड ४० लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा भने २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ पुर्याएको छ ।

उक्त अवधिमा २ खर्ब २५ अर्ब ८८ करोड ४५ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ७ खर्ब ४३ करोड ७२ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा २० अर्ब ३९ करोड ३८ लाख ९३ हजार रुपैयाँ राखेको छ ।

चालु आवको असोज मसान्तसम्म बैंकको खराज कर्जा भने वृद्धि भएको छ । गत वर्षको असोज मसान्तमा ०.४८ प्रतिशत रहेको खराज कर्जा यस वर्षको सोही अवधिमा भने १.१३ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४७.३१ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक १५ सोमवार ०८:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...