काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य मंगलबार ३.४१ प्रतिशतले वृद्धि भएको छ ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ६ सय ९८ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १ करोड ८८ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन कम्पनीको २७ हजार ६१६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ कात्तिक १६ मंगलवार १५:५८ मा प्रकाशित