back
NMB ad

वाणिज्य बैंकहरुद्वारा धमाधम लाभांश घोषणा, कुन बैंकका लगानीकर्ता बन्दैछन् मालामाल ?

Kumari bank ad

बसन्त रुपाखेती

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गरेका छन् ।

हाल सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये १५ वटाले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् ।

हालसम्म बैंक भन्दा बढी लाभांश हिमालयन बैंकको रहेको छ ।  बैंकले लगानीकर्तालाई २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये २१.३८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकहरुले प्रस्ताव गरेको लाभांशमध्ये सबैभन्दा कम कुमारी बैंकको रहेको छ । बैंकले जम्मा ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । कुमारी बैंकले लगानीकर्तालाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

लाभांश बढी दिने बैंकको दोस्रो स्थानमा रहेको सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा बोनस १७ र नगद ०.८९ प्रतिशत रहेको छ ।

यस्तै नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकले १६/१६ प्रतिशत, नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकले १३.०६, ग्लोबल आईएमई बैंक १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यसैगरि एनआईसी एशिया बैंकले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यता एनएमबि बैंकले १२.५ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद गरि कुल १६.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले १०.३२ प्रतिशत र बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण हुनेछ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १६:५१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...