back
NMB ad

सिमकोट–खार्पु सडक दुई सातादेखि अवरुद्ध

Kumari bank ad

हुम्ला । दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् ।

सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली गाउँपालिका–५ का स्थानीय जसिलाल तामाङले गुनासो गरे । याङ्चुदेखि सिमकोटसम्म १० देखि १२ स्थानमा पहिरो गएको तामाङले बताए । तर दुई साता बितिसक्दा समेत सरोकारवाला निकायले चिन्ता र चासो नदेखाउँदा स्थानीयलाई आवतजावत गर्न कठिन भएको खार्पुनाथ गाउँपालिका–५ का प्रकाशबहादुर शाहीले बताए ।

यो सडक निर्माण तथा मर्मतको जिम्मेवारी पूर्वाधार विकास कार्यालयको हो । पहिरोले क्षतविक्षत भएको सडक पन्छाउँन ढिला हुँदा सिमकोट–खार्पु १३ किलोमिटरको दुरी पार गर्न घण्टौं लाग्ने गरेको छ । सडक सञ्चालन गर्ने बारेमा स्थानीय प्रशासन र सरोकारवाला पनि मौन छन् । सिमकोटदेखि हिल्सासम्मको पहिरो पन्छाउने जिम्मा हिल्सा सिमकोट सडक योजनाले पाएको छ । ९० किलोमिटर सडकको पहिरो पन्छाउँने काम हिल्सा सिमकोट सडक योजनाले सुरू गरिसकेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विष्णुदास लामाले जानकारी दिए ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार १३:१२ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...