back
Mega Long Ad

अझै २ करोड १७ लाख नोक्सानीमा घलेम्दी हाइड्रो, विद्युत बिक्री आम्दानी भने १६४ प्रतिशतले बढ्यो

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तसम्म सवा दुइ करोड बढी नोक्सानी रहेको छ ।

यद्यपि गत वर्षको सोही अवधिमो तुलनामा भने नोक्सानी घटाएको छ । गत वर्षको असोज मसान्तमा ३ करोड २ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

उक्त अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ८० लाख ३० रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने १६४.१३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६८ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी५५ करोड रुपैयाँ रहेको छ । उक्र अवधिमा कम्पनीको जगेडा तथा कोष भने ऋणात्मक देखिएको छ ।

असोज मसान्तसम्ममा कम्पनीको उक्त कोष ६ करोड ७४ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा भने उक्त कोष २ करोड ५२ १९ हजार रुपैयाँ राखेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ ७३ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक १८ बिहीवार १५:२३ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...