काठमाडौं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने ९२ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सोमबार ९२ हजार रुपैयाँ कारोबार भएको तेजावी सुनको मूल्य आजका लागि भने ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार १०:४३ मा प्रकाशित