back
Mega Long Ad

साहस उर्जाको सेयर मूल्यमा लगातार उछाल: ४ लाख १० हजार कित्ता बिक्री, प्रतिकित्ता कति पुग्ला ?

काठमाडौं । साहस उर्जाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर हालसम्म ६ दिन कारोबार भएको छ ।

उक्त अवधिमा कम्पनीको सेयर मूल्य ७१७ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको हालसम्म( ६ कारोबार दिन) २८ करोड ३८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

कम्पनीको उक्त अवधिमा ४ लाख १० हजार ४८३ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

कम्पनीको सेयर गत कात्तिक १४ गतेदेखि कारोबार सुरु भएको हो । पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य ४४५ रुपैयाँ ८० पैसा कायम भएको थियो ।

कम्पनीको सेयर मूल्य पहिलो कारोबार दिनदेखि नै उच्च दरमा वृद्धि हुँदै आएको छ । कम्पनीले असोज १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कात्तिक ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १७:३१ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...