back
NMB Ad

१९५ प्रतिशतले बढ्यो वोमी लघुवित्तको नाफा, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बिहीबार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्म ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीको नाफा गत वर्षको असोज मसान्तको तुलनामा १९५.२६ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले १ करोड ६६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले १० करोड ८ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ११७.७१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६३ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३५ करोड ४५ लाख २९ हजार रुपैयाँ राखेको छ ।

चालु आवको असोज मसान्तमा कम्पनीको खराब कर्जा बढेको देखिएको छ । गत वर्षको असोज मसान्तमा १.३७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर २.९९ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ०६ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार ११:३० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:३९

काठमाडौं । आज फागुन २८ गते, बुधबार, साल्ट ट्रेडिङ्ग कर्पोरेशन...

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२५

जेद्दा, साउदी अरब : मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र...

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२१

भीष्मराज ओझा,  काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:१२

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज २८ फाल्गुण २०८१ बुधवार, कुन राशिको चम्किनेछ भाग्य ?

आज २८ फाल्गुण २०८१ बुधवार, कुन राशिको चम्किनेछ भाग्य ?

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:०९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:५९

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, समाधानका उपाय तथा...