back
NMB ad

आदर्श लघुवित्तको नाफामा सुधार, खराब कर्जा पनि घट्यो

Kumari bank ad

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बिहीबार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्म नाफामा सुधार देखिएको छ ।

उक्त अवधिमा कम्पनीले ६ लाख ६९ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीको नाफा गत वर्षको असोज मसान्तमा २९ लाख ५४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

उक्त अवधिमा कम्पनीले ४७ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ९४.२४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २४ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७१ लाख ५२ हजार रुपैयाँ राखेको छ ।

चालु आवको असोज मसान्तमा कम्पनीको खराब कर्जा ह्वात्तै घटाएको छ । गत वर्षको असोज मसान्तमा ४.०६ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर १.४२ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार ११:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...