back
Mega Long Ad

जंगलको बीचमा व्यावसायिक बाख्रा फार्म सञ्चालन

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार दाल्फुका किसान भलराज राईले जंगलबीचमा बाख्रा फार्म सञ्चालन गरेका छन् । गाउँमै स्वरोजगार बन्दै आर्थिक आयआर्जनका लागि राईले सात वर्षअघिदेखि फिर्कुखोला नजिकै पर्ने धगेर्नी पाखाको जंगलबिचमा रहेको खेतमा बाख्रा पालन सुरु गरेका हुन् ।

उनले धगेर्नी पाखामा बाँझो खेत किनेर धान खेतीसँगै बाख्रा पालन सुरु गरेका हुन् । उनको स्थायी बसोबास माथि गाउँमा छ । तर, गाउँबाटै आधा घण्टा तल पर्ने बेँसीमा पालिएको बाख्रालाई घाँसपानी र गोठालाको काम भ्याउने गरेका छन् । उनको बाख्रा पालनमा छोरा नविन, रविनलगायतको साथ छ । बाख्रा पालनबाट वार्षिक एक लाखको हाराहारीमा आम्दानी भइरहेको रविनले बताए ।

२४ वर्षीय युवा किसान दिपेश राई (बम्बू)ले पनि फिर्कुमा व्यावसायिक रूपमा बाख्रा पालन गरिरहेका छन् । दिपेशले भलराजसँगै सल्लाह गरेर २०७०/०७१ देखि व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन् । बाख्रा पालनबाटै घर खर्च चलाउन र सामान्य बचत गर्न पुगेको दिपेशले बताए । उनीहरूले गोठबाट छरसात महिनाको बोको र पठ्याङ्ग्री बिक्री गर्ने गरेका छन् । खसी पाल्दा दानाले धान्न गार्‍हो हुने भएकाले बोको र पठेक्री विक्री गर्ने गरिएको दिपेशले बताए ।

‘गर्दा हुँदो रहेछ । बाख्रा पालनबाट खान, लाउन र दुई चार रुपैयाँ खल्तीमा राख्न समस्या छैन’, दिपेशले भने, ‘घरैमा बसीबसी वर्षमा एक लाखको हाराहारीमा आम्दानी हुन्छ । पाँच र सात महिनाको बोको १२/१५ हजारमा बिक्री हुन्छ । मेहनत गर्न सके दुईरचार पैसा कमाउन टाढा जान पर्दैन रहेछ ।’

गाउँका अधिकांश स्थानीय मजदुरीको काम खोज्दै दिक्तेल, ओखलढुंगा, सोलुखुम्बुलगायतका ठाउँमा पुग्छन् । आफ्नो गाउँका साथीभाई गाउँ बाहिर गएर मजदुरी काम गरिरहँदा भलराज र दिपेशका परिवार भने फिर्कु खोला आसपासका जंगलमा बाख्रा चराइरहेका हुन्छन् । रुखमा चढेर डाले घाँस झारिरहेका हुन्छन् । च्यास्मीटारको फिर्कु पाखा, धगेर्नी पाखा, पादरेपाखा, गुर्दम, रातोडाँडा, टुटुंगे लगायतका क्षेत्र बाख्रा पालनका लागि उपयुक्त स्थान मानिन्छ ।

बिराली लहरा, हाडे, धयाँरी लगायतका घाँस प्रशस्त पाईने ठाउँमा उनीहरुले बाख्रा पालन सुरु गरेका हुन् । उनीहरू बाख्रा चराउन करिब तीनरचार किलोमिटर टाढा पर्ने दुधकोसीसम्म पुग्ने गरेका छन् । बाख्रा चराएर फर्कँदा डाले घाँसको भारी लिएर फर्कने गरेका छन् । उनीहरूको आम्दानी देखेर बाख्रा पालनमा आकर्षित हुने स्थानीयको संख्या पनि बढ्दो छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १३:३६ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...