back
NMB ad

कारागारभित्र कैदीको शंकास्पद मृत्यु

Kumari bank ad

विराटनगर । जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।

पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोसी अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए । मृतक थापाको शव कोसी अस्पतालमै राखिएको छ । उनले आफन्तलाई शब बुझ्नन बोलाएको बताएका छन् । आफन्तले शब पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत छलफल नभएको उनले बताए ।

मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो । कात्तिक मण्डलको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन । थापाको कुटपिटबाट मृत्यु भएको हुन सक्ने उनका भाइ हरि थापाले बताए ।

मृतक नारायणका नातामा काका पर्ने शंकर थापाले भतिजाको हत्या रहस्यमय रहेको बताएका छन् । बिरामी भएको जनाकारी नगराई मरेको मात्रै सूचना दिनुले शंका उत्पन्न भएको थापाले बताए ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १४:०८ मा प्रकाशित

You can share this post!

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...