back
NMB ad

३४% ले बढ्यो निफ्राको नाफा: पहिलो त्रैमासमा कमायो ४ करोड २० लाख, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले चालु आवको असोज मसान्तसम्म २४ करोड २० लाख २७ हजार रुपैयाँ नाफामा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ४५.८२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा ४१ करोड ३५ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले कुल संचालन मुनाफा पनि गत वर्षको असोज मसान्तको तुलनमा ४६.२८ प्रतिशतले बढाएर ४१ करोड ४८ लाख २३ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने बैंकले २ अर्ब ६४ करोड ३७ लाख ८५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले २९ करोड ८१ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ९२ करोड ५० लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेिको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार ०९:१२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...