काठमाडौं । बुटवल पावरको कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार उक्त अवधिमा कम्पनीले ७ करोड ५८ लाख ९ हजार रुपैयाँ नाफा गरेको छ ।
यो नाफा गत वर्षको असोज मसान्तको तुलनामा ४६.१८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १८ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा १९ करोड ३ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा बढेर २० करोड ७६ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ०७ पैसा रहेको छ ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार ११:५४ मा प्रकाशित