back
NMB ad

यूनियन हाइड्रोपावरको नाफा साढे ८५ प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानी २ करोड ७० लाख

Kumari bank ad

काठमाडौं । यूनियन हाइड्रोपावरले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीइ विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आवको असोज मसान्तसम्म कम्पनीले १ करोड ३३ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ८५.६४ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ७२ लाख ११ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ७० लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ८.०३ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले २ करोड ५० लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि वृद्धि भएको छ । गत वर्षको असोज मसान्तमा १ करोड ८९ लाख ५० हजार रुपैयाँ रहेको संचालन मुनाफाबाट यस वर्षको सोही अवधिमा भने २ करोड ३३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने ऋणात्मक देखिएको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीको उक्त कोष ६ करोड २२ लाख ५१ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ७० पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १२:४७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...