काठमाडौं । विभिन्न तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला मानुषी लघुवित्तसहित ३ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँ ८० पैसाले बढेर १ हजार २१ रुपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै, तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशतले अर्थात प्रतिकित्ता ४९ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ४३९ रुपैयाँ ४० पैसा कायम भएको छ ।
त्यसैगरि ङादी ग्रुप पावरको सेयर मूल्य ८.२८ प्रतिशत अर्थात प्रतिकित्ता ६० रुपैयाँले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ६० रुपैयाँले बढेर ७८५ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार १३:२३ मा प्रकाशित