काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलनले आजदेखि २६ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
एक सूचना निकाल्दै बैंकले संस्थापक तर्फको २६ हजार ३५८ कित्ता संस्थापक शेयर कात्तिक लिलामीमा ल्याएको हो ।
उक्त सेयरको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ तोकिएको छ । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक हरुले आजैका मितिदेखि ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नआएमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा विक्री गरिने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ कात्तिक ३० मंगलवार १५:०३ मा प्रकाशित