back
NMB ad

१७ कम्पनीका लगानीकर्ता मालमाल, आज कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन एक दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन १३ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

उक्त दिन नेपाल बंगलादेश बैंकसहित ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । मंगलबार बंगलादेश बैंकको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ ६० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ३५८ रुपैयाँ ६० पैसा कायम भएको छ ।

उक्त दिन नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ११६ रुपैयाँ १० पैसाले वृद्धि भई १ हजार २७७ रुपैयाँ १० पैसा, महालक्ष्मी विकास बैंकको प्रतिकित्ता ७५ रुपैयाँले बढेर ८२५ रुपैयाँ पुगेको छ ।

यस्तै, आज पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ १० पैसाले वृद्धि भई ३५३.५० रुपैयाँ, अपर तामाकोशीको प्रतिकित्ता ५८ रुपैयाँ ३० पैसाले वृद्धि भई ६४१.३० रुपैयाँ र मैलुङ खोला जलविद्युत कम्पनीको प्रतिकित्ता ४७.९० रुपैयाँले बढेर ५२६.९० रुपैयाँ कायम भएको छ ।

उक्त दिन मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, तेह्रथुम पावरको ९.९९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ९.५३, श्री इन्भेष्टमेन्ट फाइनान्सको ९.४३, लिवर्टी इनर्जीको ९.२१, हिमाल दोलखा हाइड्रोपावरको ९.०८ र नेशनल हाइड्रोपावरको ९.०७ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित गुराँस लाइफ इन्स्योरेन्स, सानिमा जनरल, घलेम्दी हाइड्रो, बोतलर्स नेपाल(तराई), सानिमा माई हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १५:३९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...