काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बैंकले विभिन्न खातामा आजदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ७.५० प्रतिशत देखि अधिकतम ९.५० प्रतिशतसम्म तोकिएको छ ।
कुनमा कति ?
वि.सं.२०७८ मंसिर १ बुधवार ०७:३५ मा प्रकाशित