back
NMB ad

विद्यावारिधि र एमफिल गर्नेलाई गाउँपालिकाको छात्रवृत्ति

Kumari bank ad

खोटाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका शोधकर्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकाले विद्यावारिधि शोधकर्ता, एमफिल अध्ययनकर्ता र स्नातकोत्तर तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको हो ।

उच्च शिक्षा छात्रवृत्ति, सम्मान र पुरस्कार शीर्षकमा विनियोजित कार्यक्रमबारे गाउँपालिका र गाउँ कार्यपालिकाको १२ कात्तिकको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बुधबार सूचना जारी गर्दै इच्छुक उम्मेद्वारालाई उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् ।

खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै बसेर विद्यावारिधि गरिरहेका शोधकर्तालाई जनही एक लाख ११ हजार १११, खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै एमफिल गरिरहेका अध्ययनकर्तालाई जनही ५५ हजार ५५५ र खोटेहाङ गाउँपालिका स्थायी ठेगाना भई स्वदेशमै स्नातकोत्तर अध्ययन गर्ने सवै दलित तथा महिलालाई ३३ हजार ३३३ रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

उच्च शिक्षा हासिल गर्न चाहने पालिकाबासी विद्यार्थीको सहयोग र प्रोत्साहनका लागि छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

खोटेहाङ गाउँपालिकाले आव २०७७/०७८ देखि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम लागू गरेको हो । स्नातकोत्तर अध्ययन गर्ने सबै दलित तथा महिला विद्यार्थीका लागि भने चालू आवदेखि छात्रवृत्ति उपलव्ध गराउने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए । छात्रवृत्तिका लागि पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्ने लगायतका मापदण्ड छ ।

आर्थिक वर्ष २०७७/०७८ मा खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीका विधावारिधि शोधकर्ता विष्णुबहादुर कार्कीलाई छात्रवृत्तिस्वरूप एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार १६:३६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...