back
NMB ad

सर्वोच्चले तयार पार्‍यो गोलाप्रथाद्वारा मुद्दा हेर्ने कार्यविधि मस्यौदा

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको एउटा एजेन्डा बनेको गोलाप्रथाको मस्यौदा तयार भएको भन्दै जबराले फुलकोर्ट बैठक डाकेर पारित गर्ने तयारी थालेका छन् ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको एउटा समितिको सिफारिसअनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौदा(२०७८ नाम दिइएको छ ।

गोलासम्बन्धी कार्यविधिको मस्यौदाको परिच्छेद ५ मा गोला तान्नेसम्बन्धी विधि उल्लेख गरिएको छ । गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिने उल्लेख छ ।

यस्तो गोटीलाई अपारदर्शी थैलीमा राख्ने र वरिष्ठताका आधारमा सबै न्यायाधीशले थैलीबाट एक-एकवटा गोटी तान्नुपर्नेछ । जुन गोटीको निगरानी सीसीटिभीले गर्ने कार्यविधि मस्यौदामा उल्लेख छ ।

यस्तो गोटीलाई पेसी व्यवस्थापनमा खटिएका कर्मचारी र सूचना प्राविधिकले सम्बन्धित न्यायाधीशको इजलासमा र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गर्नेछन् ।

वि.सं.२०७८ मंसिर १ बुधवार १६:५७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...