back
NMB ad

एमाले महाधिवेशन : ओलीसहित अन्तिम लडाईंमा छन् एमालेका ६ नेता

Kumari bank ad

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित विधानले व्यवस्था गरेको ७० वर्षे उमेरहदका कारण पूर्वअध्यक्ष भरतमोहन अधिकारी र नेता सिद्धिलाल सिंह सो महाधिवेशनबाटै बिदा भए ।

एमालेको ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था नेकपा माओवादी केन्द्रसँग एकतासँगै निष्क्रिय बनाइयो । गोदावरीमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले फेरि यो व्यवस्था ब्युँताएको छ ।

यो विधानअनुसार अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र केशव बडाल १०औं महाधिवेशनबाटै बिदा हुँदैछन् ।

नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षसहितका ६ जना पदाधिकारीलाई भने १०औं महाधिवेशन ‘गर या मर’ हुने देखिएको छ । विधानमा रहेको ७० वर्षे उमेरहदका कारण अध्यक्ष केपी ओलीसहितका ६ जना नेता यो महाधिवेशनबाट नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने उनीहरू कहिल्यै एमालेको कार्यकारी भूमिकामा हुने छैनन् ।

अध्यक्षका एकमात्र बलिया दाबेदार ओली आगामी फागुनमा ७१ वर्षका लाग्दैछन् । तीन महिनाअघि महाधिवेशन भएका कारणमात्र उनी एमालेको कार्यकारी भूमिकामा अन्तिम पटक प्रतिस्पर्धा गर्दै छन् ।

११औं महाधिवेशनमा आइपुग्दा उनी स्वतः पार्टीको कार्यकारी भूमिकाबाट अलग भइसकेका हुनेछन् । ओलीसँगै १०औं महाधिवेशनमा अध्यक्षका दावेदार उपाध्यक्ष भीम रावल पनि यस पटक नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनपछि एमालेको कार्यकारी भूमिकामा देखिन पाउने छैनन् । उनी ६६ वर्षका भइसकेका छन् । ११औ महाधिवेशनसम्ममा उनी ७० वर्ष कटिसकेका हुनेछन् ।

महासचिव तथा वरिष्ठ उपाध्यक्षका दावेदार ईश्वर पोखरेल पनि यस पटक अन्तिम लडाईंमा छन् । उनी पनि ६७ वर्षका भइसकेका छन् । अर्को महाधिवेशनसम्म पुग्दा उमेरहदका कारण उनले पनि अवकाश पाइसक्नेछन् ।

अहिलेसम्म पदाधिकारी हुन नपाएका सुवासचन्द्र नेम्वाङका लागि त यो महाधिवेशन इतिहास बनाउने अवसर नै हो । यस पटक उनी पदाधिकारीमा अटाउन सकेनन् भने कहिल्यै एमालेको कार्यकारी नेतृत्वमा हुने छैनन् । यस पटक उनले वरिष्ठ उपाध्यक्ष या त्यो नपाए उपाध्यक्षमा दाबी गरिरहेका छन् । नेम्वाङ पनि ६९ वर्षका पुगिसकेका छन् ।

आफ्ना श्रीमान् अमृत बोहोरा १०औं महाधिवेशनवाट बिदाइ हुँदै गर्दा ६७ वर्षीया अष्टलक्ष्मी शाक्य अन्तिम पटक पार्टीको कार्यकारी पदमा प्रतिस्पर्धामा उत्रने तयारीमा छिन् । १०औं महाधिवशनबाट उनी पदाधिकारीमा चुनिन सकिनन् भने शाक्यका लागि एमाले राजनीतिमा उपाध्यक्ष पद नै श्रेष्ठ पद बन्नेछ ।

केपी ओलीले नै अनुशासन आयोगको अध्यक्ष बनाउन खोजेका उपाध्यक्ष युवराज ज्ञवाली ६८ वर्षका भए । १०औं महाधिवेशनमा ओलीले उनलाई अनुशासन आयोगको अध्यक्षमा मनाए भने उनको पनि यो नै अन्तिम कार्यकारी कार्यकाल हुनेछ । उनी पनि सके बरिष्ठ उपाध्यक्ष नभए पनि उपाध्यक्ष बन्ने कोसिसमा छन् ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १७:०० मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...