back
NMB ad

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

Kumari bank ad

बागलुङ । धौलागिरि अस्पताल बागलुङमा एम्बुलेन्स खरिदका लागि प्रवासमा रहेका नेपालीले गाँस काटेर पठाएको रकम फिर्ता भएको छ ।

एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेहरूले धौलागिरि अस्पताल विकास समितिको नाममा पठाएको २८ लाख दुई हजार रुपैयाँले सुविधा सम्पन्न एम्बुलेन्स खरिद गर्न नसकेपछि रकम फिर्ता भएको हो । उक्त रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजना थियो । बागलुङ अष्ट्रेलियन कमिटी सिड्नीले रकम पठाएको थियो ।

एम्बलुेन्स खरिद गर्न बजेट नपुगेपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको निवर्तमान अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले बताए । उनले बागलुङ अष्ट्रेलियन कमिटीका प्रतिनिधि तिलबहादुर विष्टलाई पठाए बराबरको रकम फिर्ता गरेका हुन् । फिर्ता भएको पैसा कमिटीको खातामा राख्ने विष्टले बताए । समितिको निर्णयअनुसार नै सो रकम खर्च हुनेछ ।

हाल अस्पताल विकास समिति पदाधिकारीविहीन छ । उक्त रकमले फोर ह्विल एम्बुलेन्स खरिद गर्न अपुग हुने र टु ह्विल एम्बुलेन्स खरिद गर्न नपाइने सरकारी नीतिका कारण समस्या भएको रानाले बताए । एम्बुलेन्स खरिद गर्न सरकारलाई रकम थपका लागि धेरैपटक आग्रह गर्दा पनि निकास नदिएको रानाको गुनासो छ ।

भन्सार छुटसहित फोर ह्विल एम्बुलेन्स खरिद गर्न २७ लाख रुपैयाँ अपुग थियो । उक्त एम्बुलेन्सलाई ५५ लाख रुपैयाँ पर्ने रानाको भनाइ छ । अस्पताल विकास समितिले किन्ने तयारी गरेको एम्बुलेन्सको बजार मूल्य ८० लाख थियो । भन्सार छुट गर्दा प्रवासीले पठाएको रकमले पुग्ने थियो ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारीले बागलुङको हकमा विशेष निर्णय गरेर टु ह्विल एम्बुलेन्स खरिद गर्न दिने आश्वासन दिए पनि कार्यान्वयन हुन नसक्दा रकम फिर्ता गर्नुपर्ने बाध्यता भएको रानाले बताए । समितिले गत वैशाखदेखि एम्बुलेन्स खरिदका लागि सहयोग जुटाएका थियो । अस्पतालमा अहिले जिप प्रकृतिको पुरानो एम्बुलेन्स छ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १३:०१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...