back
NMB ad

हैजाले कपिलवस्तुका थप तीन पालिका प्रभावित, थप एकको मृत्यु

Kumari bank ad

कपिलवस्तु । कपिलवस्तुमा नियन्त्रणउन्मुख रहेको हैजा तीन पालिकामा पुनः देखिएको छ । १८ असोजमा कृष्णनगर नगरपालिकामा देखिएको हैजा जिल्लाको पाँच पालिकामा फैलिएको थियो । मंसिरयता कपिलवस्तु नगरपालिका, बुद्धमूमि नगरपालिका, मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । हैजा प्रभावित शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिकामा भ्याक्सिन खुवाउने कार्यक्रम सञ्चालन हुँदै गर्दा तीन पालिकामा हैजाको जीवाणु पुनः सक्रिय भएका छन् ।

बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका-६ महुवाका १३ वर्षीय बालिका सिर्जना यादव (खुस्वु) रहेकी छिन् । एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । जिल्लामा फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका बिरामीमा हैजाको देखिएको छ । एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको हो । बुद्धभूमिका वडा- ५, ६, ७, ८ र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताए ।

वि.सं.२०७८ मंसिर १२ आइतवार १२:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...