back
NMB ad

४/१२ को सिमा नहटाएपछि बजारमा फर्केन रौनक, एकैदिन ८० अंकले गिरावट

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सिमा नहटाएपछि सेयर बजार आइतबार ठुृलो अंकले गिरावट आएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापछिको पहिलो सेयर कारोबारको दिन बजार ८०.२९ अंकले ओरालो लागेर २६५१.४९ अंकमा अडिएको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गरेका थिए ।

सो समिक्षा मार्फत सेयर बजारमा लागेको ४/१२ करोडको सिमा हट्ने आशामा लगानीकर्ताहरु थिए । तर सेयर बजार केही व्यक्तिको हातमा भएको जिकीर गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो व्यवस्था परिवर्तन नगर्ने बताएपनि राष्ट्र बैंकका अन्य सन्चालहरु पनि चुप बसेका थिए ।

नेपाल राष्ट्र बैंकले साउन २९ गते मौद्रिक नीति जारी गर्दै एकाघरको परिवारले एक बैंकबाट बढीका ४ र विभिन्न बैंकबाट बढीमा १२ करोड रुपैयाँ भन बढी रकम बराबरको सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । जसका कारण ओरालो लाग्न सुरु गरेको बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । विचमा केही समय उकालो लाग्न थालेपनि सो दिगो हुन सकेन ।

आइतबार सम्पुर्ण समुहगत परिसुचक पनि ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सवैभन्दा ओरालो लाग्नेमा जीवन बीमा कम्पनीहरुको परिसुचक रहेको छ । सो दिन यस समुहको ५३८.०३ अंकले ओरालो लागेको छ ।

त्यस्तै सय भन्दा बढी अंकले ओरालो लाग्ने समुहहरुमा उत्पादनमुलक, कारोबार,होटल एन्ड टुरिजम, बिकास बैंक, जलविद्युत कम्पनी, निर्जिवन बीमा कम्पनी र लघुवित्त कम्पनीको सेयरमुल्य रहेको छ । यसदिन दिनभर २३४ कम्पनीको ५ अर्ब ८३ करोड रुपैयाँ बराको सेयर कारोबार भएको छ ।

 

वि.सं.२०७८ मंसिर १२ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...