back
NMB ad

कोभिडको नयाँ भेरियन्टविरुद्ध नयाँ खोप आवश्यकः मोडेर्ना इन्क

Kumari bank ad

न्युयोर्क । मोडेर्ना इन्कका प्रमुख स्वास्थ्य अधिकृत पाउल बर्टनले अहिले विकसित भइरहेका कोभिड खोप नयाँ भेरियन्टका लागि प्रभावकारी नहुने आशंका व्यक्त गरेका छन् । आगामी सन् २०२२ सम्ममा परिमार्जन गरी नयाँ खोप विकसित गरिने उनले बताएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको विश्वव्यापी त्रास बढिरहेका बेला उनको सो भनाई आएको हो ।

‘नयाँ भेरियन्टको भाइरसविरुद्ध अहिले प्रयोगमा आएका खोप प्रभावकारी हुन्छन वा हुन्नन् भन्ने बारेमा एक दुई सातामा नै थाहा हुन्छ,’ बर्टनले भने । उनले नयाँ भेरियन्टको भाइरसलाई नयाँ खोप आवश्यक पर्न सक्ने र आगामी वर्षको सुरुमा सर्वत्र उपलब्ध गरिने बताए । ‘हामीले चाँडै खोप तयार गर्न सक्छौं,’ उनले भने ।

सक्दो सावधानी अप्नाउनु र अहिले प्रयोगमा आइरहेका खोप सक्दो प्रयोग गर्नाले नयाँ भेरियन्टबाट बच्न सकिने उनले सुझाव दिए । ‘कोभिडलाई नजरअन्दाज गरेर खोप नलगाएका व्यक्तिले तत्काल खोप लगाउनुपर्छ,’ उनले भने, ‘यो खतरनाक भाइरस भएकोले बेलैमा सावधानी अप्नाउनु पर्छ ।’

ओमिक्रोन भेरियन्ट फैलिएपछि अमेरिकाको म्यासाचुसेट्समा रहेको बायोटेक कम्पनीले बिहीबार सयौं कर्मचारी परिचालन गरेको थियो ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १२:५० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...