back
Mega Long Ad

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउनुपर्ने ‌‌‍आवश्यकता औल्याए । ‘कोभिड हामीबाट भागेको छैन्, बरु हाम्रैनजिक छ’ उनले भने ।

ओमिक्रोन भाइरस यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा देखिएको थियो । यो भेरियन्ट कोभिडको यसअधि खतरा मानिएको डेल्टा भेरियन्टभन्दा बढी जोखिम भएको डब्लूएचओले जनाउँदै अ‍ाएको छ । भेरियन्टबारे तत्कालै जानाकारी गराएको भन्दै दक्षिण अफ्रिकाको प्रश‌ंसा भएको छ । ‘ओमिक्रोनको म्युटेसन दर उच्च छ । तसर्थ महामारीबारे विश्व समुदायले बेलैमा सचेत हुनुपर्छ,’ उनले भने ।

नयाँ भरियन्टको जोखिम, यसको संक्रमण क्षमता र खोपसँग यसले कस्तो प्रतिकृया जनाउँछ भन्ने बारेमा विश्वभरका वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । ‘हामीममध्ये धरैले कोभिडको प्रभाव घटेको लागे जस्तो भए पनि वास्तवमा झनै जोखिम बढेको छ,’ उनले भने ।  तर, नयाँ भेरियन्टबाट अहिलेसम्म कसैको मृत्यु नभएको उनले जानाकारी दिए ।

क्यानडा, बेलायत, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्स, भारत र हङकङमा नयाँ भेरियन्ट देखिएको छ । भेरियन्ट देखिएसँगै बेलायत, अमेरिका र युरोपेली युनियनका केही देशहरुले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएका छन् ।

त्यस्तै, जापानले पनि मंगलबारदेखि छिमेकी मुलुकहरुसँगको सीमा बन्द गरेको जनाएको छ ।

वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:४९ मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

वि.सं.२०७८ माघ ५ बुधवार १६:१०

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा अनलाईन बैंकिङ्ग...