काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँले वृद्धि भएको हो ।योसंगै कम्पनीको सेयर मूल्य ३४१ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यस्तै, यतिबेला समीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ६.१७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८३ रुपैयाँले बढेर १ हजार ४२८ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ मंसिर १४ मंगलवार १३:१७ मा प्रकाशित