काठमाडौं । मुक्तिनाथ विकास बैंकको बोनस सेयरको मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार बैंकको बोनस सेयरको मूल्य समायोजन गरेको हो ।नेप्सेले १७.५७५ प्रतिशत बोनस सेयरको समायोजनपछि ५७१ रुपैयाँ ६४ पैसा तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम सेयर मूल्य ६७२ रुपैयाँ १० पैसाको आधारमा समायोजन भएको हो ।
वि.सं.२०७८ मंसिर १५ बुधवार ०९:५६ मा प्रकाशित