back
NMB ad

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै पक्षको संयुक्त प्रयास अनिवार्य रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक बृद्धिका लागि सरकार, निजी क्षेत्र र विदेशी विकास साझेदारहरुको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताए ।

उनले पछिल्लो दुई बर्षमा नेपालको अर्थतन्त्रमा कोरोनाले नकारात्मक असर पारेको भन्दै उज्यालोले हामीलाई पर्खिरहेको पनि बताए । मूलुकमा दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको भन्दै उनले पहिलो चरणको आर्थिक सुधार गर्दा निजी लगानीमा बृद्धि भएको र परिणामस्वरुप आर्थिक बृद्धिले पनि फड्को मारेको जानकारी दिएका थिए ।

‘पहिलो चरणको सुधारले नेपाललाई समृद्ध बनाउने बाटो देखाएको छ । दोस्रो चरणको सुधारले अर्थतन्त्रमा ठूलो बदलाव ल्याउनेछ । यसका लागि आवश्यक नीति, कानुन, रणनीति, योजना तथा संरचनाहरू निर्माणका लागि आवश्यक पूर्वाधारहरू निर्माण हुनेछन् ।’ उनले भने ।

उनले आर्थिक विकासको प्रबद्र्धन तथा लगानीको वातावरण बनाउनका लागि दक्ष आर्थिक पत्रकारहरुको महत्वपुर्ण योगदान रहने पनि दावी गरे । त्यस्तै उनले नेपालले लामो समयदेखि गरिव मुलुकको परिचयमा बस्न परेको तर स्तरोन्नतिको निर्णयले गरिव मानसिकताबाट मुक्ति पाउन ठूलो मद्धत मिल्ने बताए ।

उनले आगामी १० बर्षभित्र मध्यम आयस्तर भएको मुलुकमा स्तारोन्नती हुने १५ योजनाको दीर्घकालीन लक्ष्यपूर्तीमा केन्द्रित हुनुपर्ने बताए । त्यस्तै, विसं २१०० भित्रमा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने दीर्घकालीन सोच पनि मुलुकले बनाएको बताए ।

निजी क्षेत्र र अन्य सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै त्यो सम्भव छ । हामीले अघि बढाएको खुला बजारमुखी अर्थनीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमीकमजोरीको विश्लेषण गरेर समृद्धिको अगाडिको बाटो तय गर्नु हाम्रो प्राथमिकता हो ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...