back
NMB ad

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

Kumari bank ad

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले एक कार्यक्रमको आयोजना गरी आफू एसियाकै सर्वौत्कृष्ट बैंक बन्न सफल भएको जानकारी दिएको हो ।

‘द बैंकर ‘म्यागजिन र फाइनासियल टाइम्सले हरेक साल विश्वका बैंकहरुको कामलाई मुल्यांकन गर्दै अवार्ड दिदै आएको छ । यसपाली एसिया प्रशान्त क्षेत्रबाट एनएमबी बैंकले सर्वोत्कृष्ट बैंकरको उपाधि हात पारेको हो ।

यसअघि बैंकले तीन पटक बैंकर अफ द नेपालको अवार्ड हात पारिसकेको छ । एसियाकै सर्वोत्कृट बैंकको उपाधि उचाल्ने एनएमबी बैंक नेपालको पहिलो बैंक हो । बैंकले सो उपाधि प्रधानमन्त्री शेरबहादुर देउवाबाट थापेको थियो ।

संसारको शक्तिशाली अर्थतन्त्र भएको भारत र चीनका बैंकहरुलाई समेत उछिनेर एसियाका ४८ देशका बैंकहरुलाई पछि पार्न सफल हुनु आफैमा गौरवको कुरा भएको एनएमबी बैंकका सिइओ सुनिल केसीले जानकारी दिए ।

सिइओ सुनिल केसीले भने, ‘बैकिङ क्षेत्रको लागि ‘द बैंकर’ अवार्ड ओस्कार जस्तै हो । उनले यो अवार्डले आफूमा उत्साह र उर्जा थपेको पनि बताए । उनले एनएमबी बैंकले विभिन्न क्षेत्रमा जस्तै सिमेन्ट, हाइड्रो, एसएमईज लगायतका क्षेत्रमा लगानी विविधिकरण गरेकोले पनि यो अवार्ड मिल्न सहज भएको दावी गरे ।

त्यस्तै सिइओ केसीले आगामी दिनमा बैंकले जलवायु, कार्वन उत्सर्जनमा कम गर्ने खालका कामहरुमा बढी फोकर भएर काम गर्ने पनि जानकारी दिए । नेपालका बैंकहरुको क्रेडिट रेटिङ नभएपनि हामीले पाएको यो अवार्डले विदेशबाट थप लगानीको ल्याउन सहज हुने दावी गर्दै केसीले समस्याका विचमा पनि अपार सम्भावना देखेर अगाडी बढेकोले आजको यो सफलता हासिल भएको दावी गरे ।

एसियामा विश्वको अर्थतन्त्रलाई हलचल ल्याउने दुई छिमेकी देश भारत र चाइना छ, त्यस्तै जापान, कोरिया, अष्टे«ेलिया, सिंगापुर जस्ता आर्थिक हवहरु भएको देशहरु पनि छन् तर ति सवै देशका बैंकहरुको भिडलाई उछिनेर आफूहरुले यो अवार्ड प्राप्त गर्नु ठूलो उपलव्धि भएको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै बैंकका अध्यक्ष पवन गोल्यानले सन् २०१७ मा लन्डनमा देखेको सपना आज पुरा भएको बताए । उनले भने, ‘सिइओ सुनिल केसी र म बैंकर अफ द नेपाल हुदा आवर्ड थाप्नका लागि लन्डन गएका थियौ, त्यही समयमा हामीले आगामी तीन बर्षभित्रमा बैकर अफ र एसिया बन्ने सपना बोकेर काम गरेका थियौ। एक बर्ष ढिला भएपनि सो सपना साकार भएको छ ।’

सुरुवातमा कर्पोरेट बैकिङ गर्ने उदेश्यका साथ जन्मेको एनएमर्बी बैंक पछि रिटेल बैंकिङ तर्फ मोडिएको बताउँदै गोल्यानले आफूहरुले एसएमईजहरुमा लगानी बढाएको बताए ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५० मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...