काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला सामलिङ पावर र न्यादी हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्नेबेलासम्म सामलिङ पावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ४६ रुपैयाँ १० पैसाले वृद्धि भई ५०७ रुपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै, यतिबेला न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैयाँ ५० पैसाले वृद्धि भई ४१३ रुपैयाँ १० पैसा कायम भएको छ ।
त्यसैगरि महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ७.९५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९१ रुपैयाँ २ पैसाले वृद्धि भई ३ हजार ९५० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ मंसिर १६ बिहीवार १२:११ मा प्रकाशित