back
NMB ad

चार माइक्रोफाइनान्स कम्पनीको आईपीओ आउँदै, कुनको वित्तीय अवस्था कस्तो ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । आईपीओ निष्काशनको तयारीमा रहेका ५ मध्ये ४ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

आईपीओ निष्काशनको तयारीमा रहेका नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्त, आदर्श लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र सीर्वासी नेपाल लघुवित्तव वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेका हुन् ।

उक्त अवधिमा ति ४ कम्पनीहरुले ९ करोड ५४ लाख ३४ हजार रुपैयाँ नाफा गरेका हुन् । जुन नाफा गत वर्षको असोज मसान्तको तुलनामा भने १३.७९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा ति कम्पनीहरुले ११ करोड ७ लाख १२ हजार रुपैयाँ नाफा कमाएका थिए ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको देखिएको छ । कम्पनीले गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा भने ८१७.६६ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको असोज मसान्तमा कम्पनीले १३ लाख ६४ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

कम्पनीले साढे ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि गत असार २४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिनएको छ । कम्पनीले ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

यस्तै, ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारीमा रहेको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासमा २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ११७.११ प्रतिशतले बढाएको हो । गत वर्षको असोज मसान्तमा कम्पनीले १ करोड २६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशनका लागि गत असोज ११ गते सेबोनमा निवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

गत वर्षको पहिलो त्रैमासको तुलनामा ३४.१२ प्रतिशतले नाफा घटेपनि नेष्डो समृद्ध लघुवित्तले ५ करोड ७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको असोज मसान्तमा कम्पनीले ७ करोड ७० लाख १२ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि गत असार ६ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यता, गत वर्षको पहिलो त्रैमासमा २९ लाख ५४ हजार रुपैयाँ नोक्सानीमा रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले यस वर्षको सोही अवधिमा ६ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीअ‍ो निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीअ‍ो निष्काशनका लागि गत असोज २० गते बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासमा ४१ लाख ३५ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ८१.७६ प्रतिशतले कमीमा हो । गत वर्षको उक्त अवधिका कम्पनीले २ करोड २६ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि साउन १३ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले बार्डबाट स्वीकृत पाएपछि २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ ।

आईपीओ निष्काशनको तयारीमा रहेता पनि हालसम्म जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै कम्पनीले असार २० गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ मंसिर १६ बिहीवार १२:५५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...