काठमाडौं । प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे उनलाई पक्राउ गरिएको हो । सिंहका अनुसार खनाललाई विशेष सूचनाका आधारमा ६९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको हो । उक्त रकम हुण्डीको भएको आशंका गरिएको छ ।
खनाललाई ललितपुरको पुल्चोकस्थित सम्पत्ति अब थप अनुसन्धान विभागबाटै हुनेछ,’ सिंहले भने ।भारतीय कलाकार सलमान खानले सुरु गरेको बिइङ ह्युमन एक परोपकारी संस्था भए पनि नेपालमा भने यो संस्था हुण्डीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । नेपालमा यो संस्थाका मुख्य सञ्चालक राजु थापा क्षेत्री र सन्तोष पोखरेल हुन् । हाल यी व्यक्तिहरु नेपालमा नै नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ मंसिर १९ आइतवार १५:४२ मा प्रकाशित