काठमाडौ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा कशौधन कवाड सप्लायर्सका प्रोप्राइटर प्रमोद गुप्ता विरुद्ध उच्च अदालत तुलसीपुर दाङमा मुद्धा दायर गरेको छ ।
विभागले गुप्ताविरुद्ध ४४ करोड ७३ लाख रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।
राजश्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देही समरिमाही गाउँपालिकाका गुप्ता विरुद्ध २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ विगो र सोही अनुसारको जरिवाना दावी गरी मुद्धा दायर गरेको हो ।
गुप्ताको फर्मले राजश्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिहरुलाई बिक्री गरी सोको लेखांकन नगरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको राजस्व कार्यालय बुटवलको दावी रहेको विभागले जनाएको छ ।
वि.सं.२०७८ मंसिर १९ आइतवार १६:०० मा प्रकाशित