काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)ले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।
कम्पनीको आज (मंसिर २० गते) बसेको संचालक समितिको २५०औं बैठके दशौं वार्षिक साधारणसभा पुस २२ गते गर्ने निर्णय गरेको छ ।
सभामा सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश वितण प्रस्ताव पेश भई पारित हुनेछ ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०७८ मंसिर २० सोमवार ११:३० मा प्रकाशित