back
NMB ad

बालुवाटारबाट देउवाका घोषणा : पार्टीको आन्तरिक चुनाव मै बलियो देखिएँ, सभापतिमा उठ्छु

Kumari bank ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन्। सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् ।

६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतमिा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् । एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ ।

देउवाले सञ्चारकर्मीसँग फेरि पनि सभापति जिते हरेक हप्ता पार्टी कार्यालय गएर जनता र कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता जनाए । ‘यो मेरो अन्तिमपटक हो । फेरि उठ्न मिल्दैन । र, अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ,’ उनले भने । पार्टी सभापतिमै हारेको प्रधानमन्त्रीले तीनै तहको निर्वाचन गराउँदा राम्रो म्यासेज नजाने भएकाले नैतिक बलका लागि पनि सभापतिमा जित्नै पर्ने सुनाए ।

नेपाली कांग्रेस मध्यपन्थी पार्टी भएको बताउँदै देउवाले यो कम्युनिष्ट वा दक्षिणपन्थी बाटोमा नजाने बताए । ‘देशमा ८० प्रतिशत जनता हिन्दु छन्, तर के गर्ने मैले भनेर मात्र नहुँदो रहेछ । संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ । कराएर मात्र हुँदैन,’ उनले भने ।

वि.सं.२०७८ मंसिर २० सोमवार १३:०८ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...