back
NMB ad

खर्चको प्रभावकारिता बढाउन सरकार लागिरहेको छ : अर्थसचिव

Kumari bank ad

काठमाडौ । अर्थसचिव मधुकुमार मरासिनीले खर्चको प्रभावकारिता बढाउन आवश्यक रहेको बताएका छन् । सोमबार विश्व बैंकले तयार पारेको ‘नेपालमा सार्वजनिक खर्च पुनरावलोकन ,दीगो विकासका लागि वित्तीय नीति’ प्रतिवेदन सार्वजनिक गर्दै उनले मुलुकले संघीय प्रणाली अवलम्बन गरी अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् तल्लो तहका सरकारले बजेट निर्माण र खर्च गर्न पाउने व्यवस्था गरेपनि खर्चको प्रभावकारीता बढाउन नसकेको बताएका छन् ।

त्यस्तै उनले खर्चको प्रभावकारिताविना सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न नसकिने पनि दावी गरे । उनले आगामी दिनमा वित्तीय नीतिमा सुधार गर्न सरकार सदैव तत्पर रहेको दावी गर्दै हरित उत्थानशील र समावेशी विकासका लागि काम गर्ने बताए ।

त्यसैगरी उनले स्थानीय तहमा सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न र खर्चको प्रभावकारिता बृद्धि गर्नका लागि लेखा र प्रतिवेदन प्रणालीमा सुधार गर्ने बताए । उनले भने , विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन खर्चको गुणस्तर, कार्यसम्पादन र दीर्घकालसम्म वित्तिय स्पेस सिर्जनाको लागि राम्रो सन्दर्भ सामग्री हुने पनि बताए ।

उनले सरकारले खर्चको प्रभावकारितामाफृत आर्थिक बृद्धिलाई बढावा दिदै राजस्व संकलनमा समेत विकेन्दस्करण गर्ने प्रतिवद्धता जाहेर गरे ।

 

वि.सं.२०७८ मंसिर २० सोमवार १७:०५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...