back
NMB ad

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनैतिक दलहरुलाई ढकालको आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई दू्रत गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरुको समान धारणा आवश्यक पर्ने बताउनुभयो ।

“अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई दू्रत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,”उहाँले भन्नुभयो, “यसका लागि सबै राजनैतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ,”उहाँले भन्नुभयो ।
अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभावबारे बोल्दै उहाँले यसलाई अहिले सम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यस सँग आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो ।
लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उहाँले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताउनुभयो ।

उहाँले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत सहकार्य हुने बताउनुभयो ।

“हामीले सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तब्यहरु निर्माण गर्न गइरहेका छौँ । यस मध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ । यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत साझेदारी र सहकार्य हुनेछ,”उहाँले भन्नुभयो ।
कोभिड महामारीले मुलुकमा चुनौतीमात्र नथपेको बताउँदै यसले नयाँ नयाँ अवसरका ढोका पनि खोलेको उहाँले बताउनुभयो ।

“कोभिड–१९ को महामारीले चुनौतीहरु मात्र थपेको छैन, नयाँ अवसरहरुको ढोका पनि खोलेको छ । डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले हामी सबैलाई बाध्य पारेको छ । इ–कमर्श, इ–कारोबार, सेवातथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग बढेको छ,”उहाँले भन्नुभयो ।

वि.सं.२०७८ मंसिर २० सोमवार १७:२५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...