काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले बुक क्लोज मिति तोकेको छ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १६गतेसम्म बुक क्लोज गर्ने भएको हो ।
कम्पनीले पाँचौ वार्षिक साधारणसभा पुस १७ गते गर्ने भएको छ । सभा शुक्लागण्डकी नगरपालिका–४, ह्वाइटहाउस पार्टी ल्यालेस तनहुँमा गर्ने भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश राष्ट्र बैंकले पनि स्वीकृत गरिसकेको छ । अब कम्पनीको साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार ११:४३ मा प्रकाशित