back
NMB ad

छुट्ला है दुई कम्पनीको लाभांश: सुरक्षित गर्ने भोलि अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात मंसिर २२ गते बुधवार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

उक्त दिन आइसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

दुवै कम्पनीहरुले लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरी उक्त सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्ने भएका छन् ।

त्यसकारण भोलि अर्थात बुधबार मंसिर २२ गतेसम्म सेयर कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आईसीएफसी फाइनान्सले वर्ष गत वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

वि.सं.२०७८ मंसिर २१ मंगलवार १७:११ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...