काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ । बैंकले १२.६३ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।
बैंकको गत कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश मंगलबार राष्ट्र बैंकले स्वीकृत गरेको हो । अब उक्त प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर २२ बुधवार ११:३१ मा प्रकाशित