काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ५.८४ अंकले घटेको हो ।
बिहीबार बजार परिसुचक पनि २४४९.९७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि घटेको छ । उक्त दिन २ अर्ब ६७ करोड ३३ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन होटेल तथा पर्यटन १८.७७ अंक, अन्य समूह ४.१७ अंक, लगानी समूह ०.१२, म्युचुअल फण्ड ०.०१ अंकले वृद्धि भएको छ । यी बाहेक अन्य समूह राताम्मे बनेका छन् ।
उक्त दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरीको ८ करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १५:४६ मा प्रकाशित