काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्यमा गिरावट आएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात बिहीबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुन ९१ हजार ८ सय रुपैयाँका खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । योसंगै आज चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन भने १ हजार २ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार ११:०८ मा प्रकाशित