back
NMB ad

नेपाली बजारमा रुचाईएको ‘याडिया जी ५’ इलेक्ट्रिक स्कुटर, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा धेरै रुचाईएको इलेक्ट्रिक स्कुटर मध्ये याडिया जी ५ पनि एक हो ।

नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपालले याडियाको इलेक्ट्रिक स्कुटर उपलब्ध गराउँदै आएको छ ।

याडिया जी ५ को डिजाइन झट्ट हेर्दा पनि आकर्षक रहेको छ । यो स्कुटरमा जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग गरिएको छ ।

उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ । जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ ।

त्यस्तै, यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुपरुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिने कुजु नेपालले जनाएको छ ।

यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ ।

यो ब्याट्रीको लाइफ सर्कल ८०० र यसमा प्रयोग भएको व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।

 

याडिया जि ५मा ७ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ ।

त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ ।

कम्पनीले यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ तोकेको छ । नेपाली बजारमा यो विभिन्न ५ कलरमा उपब्ध रहेको छ । यो स्कुटर सेतो, कालो, खैरो, निलो र राता कलरमा उलपब्ध ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १७:०२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...