काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २४ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि १।३१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर २६ आइतवार १२:२२ मा प्रकाशित