काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
१२ लाख ४० हजार कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको मंसिर २४ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
वि.सं.२०७८ मंसिर २८ मंगलवार १७:३९ मा प्रकाशित