back
NMB ad

पूर्वाधारको नीतिमा नेपाल स्पष्ट हुन आवश्यक छ : सरोकारवाला

Kumari bank ad

काठमाडौं । नेपाल सरकार पुर्वाधार विकासको नीतिमा स्पष्ट हुनु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।

बुधबार आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर इन्क (पिआइ) ले संयुक्त रुपमा आयोजना गरेको पुर्वाधार बहसको छैठौ सस्करणमा सरोकारवालाहरुले नेपालका नीति नीर्माताहरुले पुर्वाधार क्षेत्रको विकासका लागि स्पष्ट नीति र त्यसको कार्यान्वयनको कमजोरीका कारण पुर्वाधारको क्षेत्रमा विकास हुन नसकेको बताएका हुन् ।

एसियाली विकास बैंकका पुर्व उपाध्यक्ष विन्दू लोहनीले नेपालले कुन क्षेत्रमा कस्तो प्रकारको सहायता लिने भन्ने विषयमा स्पष्ट हुनु जरुरी रहेको बताउँदै जिडिपीको आाधारमा नेपालमा बैदेशिक लगानी जम्मा ३ प्रतिशत रहेको र सो दक्षिण एसियामा नै सवैभन्दा कम रहेको बताए ।

त्यस्तै पुर्वाधार विज्ञ सुर्यराज आचार्यले आर्थिक सामाजिक क्षेत्रको महत्वपुर्ण क्षेत्र पुर्वाधार रहेपनि यसको विकासको लागि नेपालको नीति नै नरहेको स्पष्ट पारे ।

उनले भने,‘लथालिंग भएको क्षेत्र पुर्वाधार हो, पुर्वाधारको विषयमा नीतिगत स्पष्टता छैन, योजना विनाका आयोजनाहरु टिपेर भौतिक विकास गरिरहेका छौ भन्ने सोचमा सरकार रमाइरहेको छ । पन्चायतको समयमा राज्यप्रणालीमा पुर्वाधार विकासले आकार लिन लागेको थियो । तर बहुदल आएपछि लथालिंग भयो ।’

पुर्वाधारको क्षेत्रमा नीतिगत स्पष्टता भएमा वित्तिय लगानीको लागि समस्या नहुने उनको दावी छ ।
त्यस्तैगरी पुर्व मुख्यसचिव डा.विमल कोइरालाले विदेशी दाताहरुको स्वार्थ र शर्तएको चेपुवामा नेपालमा विदेशी लगानी भित्रिरहेको स्पष्ट पार्दै हरेक दाताहरुको स्वार्थ भएपनि नेपालको तर्फबाट गरिने सम्झौतामा देशको हितको पक्ष बढी हुनुपर्ने बताए ।

उनले भने, ‘विदेशी लगानी उनीहरुको स्वार्थ र शर्तको चेपुवामा हुने गरेको छ, । नेपालले पनि मास्टरप्लान दिन नसकेका कारण उल्लेख्य रुपमा लगानी बढ्न नसकेको हो । त्यसका लागि हामी आफैको पनि बार्गेनिङ पावर बढाउनुपर्ने देखिन्छ ।’

वि.सं.२०७८ मंसिर २९ बुधवार १७:१३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...