back
NMB ad

ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेल हुने

Kumari bank ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ ।

एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ ।

शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोखरामा हुनेछ ।

दोस्रो दिन अर्थात ३ गते शनिबार तीन खेल हुनेछ । दशरथ रंगशालामा दुई खेल हुँदा पोखरामा एक खेल हुनेछ ।

च्यासल युथ क्लब र जावलाखेल युथ १ बजे दशरथ रंगशालामा भिड्दा पोखरामा मनाङ मस्र्याङ्दी क्लबले २ बजे नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ ।

आइतबार हिमालयन शेर्पा क्लबले ब्रिगेड व्बाईज क्लब (बीबीसी) को सामना गर्दा अन्तिम दिन सोमबार फ्रेण्ड्स क्लब र एपीएफ फुटबल क्लब आमनेसामने हुनेछन् । दुबै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

जारी लिगमा समान १० अंक भए पनि मछिन्द्र फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लबलाई पछि पार्दै शीर्ष स्थानमा छ । समान आठ अंकको आर्मीले संकटालाई पछि पार्दै तेस्रो स्थान ओगटेको छ ।

सात अंकको सातदोबाटो पाँचौँ स्थानमा छ । समान पाँच अंकका थ्री स्टार, बीबीसी, नेपाल पुलिस, न्युरोड टिम एनआरटी क्रमशः छैटौं, सातौँ, आठौं र नवाँैं स्थानमा छन् । पाँच अंकको च्यासल दशौं स्थानमा रहँदा समान दुई अंकका फ्रेण्ड्स र हिमालयन शेर्पा क्लब क्रमशः ११औं र १२औं स्थानमा छन् ।

अन्तिम खेलमा एक अंक जोडेको जावलाखेल र एपीएफ क्रमशः १३औं र १४औं स्थानमा छन् ।

वि.सं.२०७८ पुस १ बिहीवार १५:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...